उर्जा गुमाएकाे विद्यार्थी संगठन
सरकारको ह्वाट्स–एपमा कर लगाउने निर्णयपछि सडकमा उत्रिएका लेबनानी युवा उक्त निर्णय फिर्ता भएपछि पनि आन्दोलनरत छन् । चुलिँदो भ्रष्टाचार, खराब अर्थतन्त्र, कमजोर सार्वजनिक पूर्वाधार र सम्प्रदायमा आधारित राज्य व्यवस्थाबाट आजित युवा सामान्यजस्तो लाग्ने घटनापछि अति महसुस गरेर विरोधमा उत्रिए । आन्दोलनको दबाबका कारणले देशका प्रधानमन्त्री साद हरिरीले राजीनामा दिए र पूर्वशिक्षामन्त्री हसन दाएबलाई नयाँ प्रधानमन्त्री तोकियो । तर, आन्दोलनकारीहरू घर फर्किएका छैनन्, उनीहरू स्वतन्त्र विज्ञ सरकार बनाएर भ्रष्ट नेतालाई अवकास दिलाउनुपर्ने माग राखिरहेका छन् ।
राजधानी सान्टियागोमा सञ्चालित मेट्रोका भाडा वृद्धिपछि प्रदर्शनमा उत्रिएका विद्यार्थीका कारण दक्षिण अमेरिकी राष्ट्र चिली आन्दोलनमय बनेको छ । शिक्षा र स्वास्थ्यसेवामा सुधार, न्यूनतम ज्याला र पेन्सन वृद्धि, सहुलियतपूर्ण सार्वजनिक यातायात आदि मागमा फैलिएको आन्दोलनलाई सम्बोधन गर्दै राष्ट्रपति सेबस्टियन पिनेराले व्यापक सुधारको प्रतिबद्धता व्यक्त गरे र गृहमन्त्रीसहित आठ मन्त्रीहरूलाई पदमुक्त गरे । आन्दोलनकारीको थप माग छ– ‘संविधान सभा र राष्ट्रपति पिनेराको राजीनामा ।’
नेपालमा ०३६, ०४६ र ०६२-६३ को आन्दोलनमा विद्यार्थीहरूको अहं भूमिका थियो । तत्कालीन समयका कैयौँ विद्यार्थी नेताहरू आज संसद्मा छन्, नेतृत्वमा छन् । इतिहासका तिनै आन्दोलनकारी दल समर्थित आजका विद्यार्थी नेताहरू भने आन्दोलन मैदानबाट धेरै टाढा छन् । के आज आन्दोलनको औचित्य सकिएर यस्तो भएको हो ? हाम्रो राज्य र राजनीतिक प्रणाली सब ठीकठाक भएर यस्तो भएको हो कि ? कि राजनीतिक दल समर्थित युवा, विद्यार्थीसँग अब ‘प्रश्न गर्ने नैतिक बल स्खलित भएको हो ?
सत्तारुढ दलका विद्यार्थी तथा युवा संगठनलाई आफ्नै दलको विरोधभन्दा प्रतिरक्षा गर्ने कर्तव्यबोध हुँदो हो । तर प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन तथा नेपालको प्रमुख विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अकर्मण्यता साहै्र बिझाउने खालको छ । सरकारका कमीकमजोरीलाई लिएर सडकमा हुनुपर्ने संगठन यति अव्यवस्थाले ग्रसित छ कि उसको मातृ कांग्रेससमेत संगठनको किचलोमा फसेको छ ।
राजनीतिमा लागेको विद्यार्थीदेखि पार्टीका ‘मूर्धन्य’ नेतासम्म लाई ‘राजनीति’ गर्ने मञ्च प्रदान गरेको छ । हाम्रा विद्यार्थी संगठनका विद्यार्थी बाह्य ज्ञान बुझ्नुपर्ने आवश्यकता नै ठान्दैनन् । धेरैमा ती पत्रपत्रिकाका समाचारसम्म पढ्छन् । त्यस्तो छिपपिछे ज्ञानले यिनले कैले पार्टी बनाउने, कैले देश बनाउने ?
नेविसंघ आफ्नै आन्तरिक किचलोमा फसेर जनजीविकाका मुद्दामा ध्यान दिनै सकिरहेको छैन । फेरि माऊ पार्टीले व्यवस्थित बनाइदिएर सञ्चालित हुने संगठनबाट विकृतिविरुद्ध कटिबद्ध विद्रोहको अपेक्षा कसरी गर्ने ? आफ्नो वैचारिक मतलाई ठूला नेताको गेटबाहिर फुकालेर निधारमा हनुमानी लालमोहर थापेर नेता बन्नुपर्ने अवस्थाबाट गुज्रिएको युवासँग समाजले प्रश्नको अपेक्षा गर्न सक्दैन ।
भागबन्डा, मनोनयन वा आन्तरिक मुद्दाबाहेक सार्वजनिक सवालका विषयहरूमा पार्टी हेडक्वार्टरबाहिर युवा, विद्यार्थीले होहल्ला गरेको, प्रदर्शन गरेको, धर्ना बसेको उदाहरण भेट्न मुस्किल हुँदै गएको छ । वस्तुतः यिनले उठाएका प्रश्न, र आमजनसरोकारका मुद्दा र जनाकांक्षाहरू एक–आपसमा कति समान छ भने अनन्तमा गएर मात्र यी ठोक्किन्छन् । नयाँ विद्यार्थी स्वागत, पुरानाको बिदाइ र भित्तेपात्रो विमोचन आजका विद्यार्थी संगठनको सबैभन्दा प्रिय कार्यक्रमहरू हुन्, जसले भर्खर राजनीतिमा लागेको विद्यार्थीदेखि पार्टीका ‘मूर्धन्य’ नेतासम्म लाई ‘राजनीति’ गर्ने मञ्च प्रदान गरेको छ । हाम्रा विद्यार्थी संगठनका विद्यार्थी बाह्य ज्ञान बुझ्नुपर्ने आवश्यकता नै ठान्दैनन् । धेरैमा ती पत्रपत्रिकाका समाचारसम्म पढ्छन् । त्यस्तो छिपपिछे ज्ञानले यिनले कैले पार्टी बनाउने, कैले देश बनाउने ?
राजनीतिक नेतृत्वको आकांक्षा राख्ने र समाजको कुनै न कुनै तहमा हस्तक्षेपकारी भूमिका निभाउने हैसियत बनाएका राजनीतिमा होमिएकाले कम्तीमा आजको प्रविधिको, विकासको, विश्वव्यापी गतिप्रति सचेत हुनुपर्दछ । ‘ओपन डोर्स रिपोर्ट २०१९’का अनुसार शैक्षिक वर्ष २०१८÷०१९मा १३ हजार दुई सय २९ नेपाली विद्यार्थी अमेरिकाका विश्वविद्यालयहरूमा अध्ययनरत थिए जसमा १७ जना त प्रतिष्ठित विद्यार्थी हार्वर्ड विश्विद्यालयमा अध्ययनरत थिए ।
तीमध्ये कति नेपाली विद्यार्थी आफ्नो अध्ययन सकेर नेपाल फर्केलान् ? नेपाल फर्केर नेपालको राजनीतिक संरचनासँग कसरी जोडिएलान् वा नेपाली दलसँग आबद्ध होलान् ? संसारका उत्कृष्ट विश्वविद्यालयमा आबद्ध नेपालीलाई नेपालको विकास प्रक्रियासँग कसरी जोड्ने भन्ने हाम्रो चासोको मुद्दा कहिल्यै बनेन । अझ यहीँका विश्वविद्यालयलाई विश्वस्तरको बनाउने त कल्पनामा पनि छैन । प्राज्ञिकता र प्रक्रियालाई तिलाञ्जलि दिएर विश्वविद्यालय र सार्वजनिक संस्थाहरूमा दलीय उपनिवेश खडा गरिएकै छ । अनि यस्तै विसंगतिलाई अविचलित रूपमा जोगाउने युवाहरू हाम्रा पार्टीहरूलाई चाहिएको छ ।
संसदीय व्यवस्थामा प्रतिपक्षीलाई ‘काम’ सरकारले दिन्छ । सरकारले दैनिकजसो विवादास्पद कार्यक्रम र विधेयकहरू ल्याइरहेको छ र प्रतिपक्षीले नियमित विरोध गर्ने मुद्दा पाइरहेका छन् । तर, पनि प्रतिपक्षी सशक्त रूपमा आउन सकेको छैन । सायद, विद्यार्थी संगठनको कमजोरीले पनि ती मुद्दा सजीव भएर सडकमा आउन नसकेका होलान् । अन्यथा, नेपालमा चिली र लेबनानमा जस्तै सडकमा विरोध गर्नुपर्ने धेरै कुराहरू छन् ।
No comments:
Post a Comment