- शैक्षिक संसार

अपडेट


Tuesday, February 4, 2020

केही दिन भित्रै शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक , लगतै खुला विज्ञापन



शिक्षक लाइसेन्स नतिजा प्रकाशनको अन्तिम तयारीमा शिक्षक सेवा आयोग जुटेको छ ।
शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको माध्यमिक तह र निम्न माध्यमिक तहको कापी परीक्षण गरिसकेको छ । दुवै तहको उत्तरपुस्तिका परीक्षण गरिसकेको हुनाले नतिजा प्रकाशनको अन्तिम चरणमा आयोग पुगेको छ ।
त्यस्तै प्राथमिक तहका बाँकी रहेका कापी पनि तीव्र गतिमा परीक्षण भइरहेको आयोगले जानकारी दियो ।
अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । अबको एक महिना भित्र लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने आयोगका प्रवत्ता दामोदर आचार्यले जानकारी दिए ।

नतिजा लगतै पाठ्क्रम सार्वजनिक  त्यसपछि खुला विज्ञापन

आयोग चैत्रमा नयाँ पाठ्यक्रम भित्र नयाँ पाठ्यक्रम सार्वजनिक गर्ने भएको छ । लाइसेन्सको नतिजा सार्वजनिक भइसक्ने बितिकै शिक्षक सेवा आयोग नियमावली २०५७ ९१० औं (संशोधन) ले व्यवस्था अनुसार पाठ्यक्रम् तयार गरिरहेको छ । आयोग तीनै तहका छुट्टाछुट्टै पाठ्यक्रम बनाउने जुटेको छ ।
आयोगले नियमावलीअनुसार प्रारम्भिक चरणको सय पूर्णाङ्कको बस्तुगत प्रश्नका लागि नयाँ पाठ्यक्रम र दोस्रो चरणको विषयगत परीक्षाका लागि सय पूर्णाङ्कको विषयगत पाठ्यक्रम बनाउन जुटेको हो ।
आयोगले माध्यमिक तहको पाठ्यक्रम अन्तिम अवस्थामा पुर्याएको छ । निमावि र प्राथमिक तहको पाठ्यक्रम धमाधम तयार गरिरहेको प्रवत्ता आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार लाईसेन्सको नतिजा सार्वजनिक लगतै आयोगले शिक्षकको खुला तर्फको विज्ञापन गर्ने तयारी गरेको छ । शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक हुने बितिकै तीनै तहको पाठ्यक्रम सार्वजनिक गर्नै भएको छ ।
आयोगले नियमावलीको संशोधन अनुसार २५ पूर्णाङ्कको प्रयोगात्मक परीक्षा पनि लिनसक्ने भएको छ । विषयको प्रकृति र आवश्यकताअनुसार आयोगले प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको छ । नियमावलीको संशोधनले परीक्षार्थीको उत्रीर्णाङ्क पनि परिवर्तन गरेको छ । प्रारम्भिकको ५०, विषयगतको ४० र अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाका उत्रीर्णाङ्क १०-१० बनाएको छ ।आयोगले यस अघि ४० नम्बरको बस्तुगत र ६० नम्बरको विषयगत परीक्षा सञ्चालन गर्दै आएको थियो । परीक्षर्थीको उत्रीर्णाङ्क पनि ४० मात्र थियो ।
पाठ्यक्रम सार्वजनिक हुने बितिकै आयोग खुला प्रतिस्पर्धाबाट शिक्षक छनौट गर्न विज्ञापन गर्ने तयारीमा जुटेको छ ।

No comments:

Post a Comment