त्रिविमा आङ्गिक क्याम्पस थपिँदै - शैक्षिक संसार

अपडेट


Friday, May 29, 2020

त्रिविमा आङ्गिक क्याम्पस थपिँदै

त्रिविमा आङ्गिक क्याम्पस थपिँदै

शिक्षा |

मुख्य समाचार |


2020-05-30-15356


गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १७ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक क्याम्पस थप गरिनेभएको छ । सरकारले विश्वविद्यालयका पदाधिकारीकै सहमतिमा यस पटक आङ्गिक क्याम्पस थप गर्ने योजना बनाएको हो ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका सामुदायिक क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने कार्यक्रम घोषणा गरेपछि त्रिविका आङ्गिक क्याम्पसमा थप हुने भएको छ । ती दुई प्रदेशका कृषि, विज्ञान इन्जिनियरङ विषयको पठनपाठन हुने क्याम्पसलाई आङ्गिक बनाउने सरकारी योजना छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयको पूर्वाधार दक्षता, उच्च शिक्षाको लामो अनुभव र जनशक्ति भएका कारण सरकारले यस पटकको कार्यक्रममार्फत थप जिम्मेवारी दिएको बताउनुभयो । विश्वविद्यालयले कृषि, वन र इ(िन्जनियरिङका उच्च शिक्षा कार्यक्रमलाई लामो समयदेखि सञ्चालन गर्दै आएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा कृषि, वन र इन्जिनियरिङ विषयको उपस्थिति निकै कम भएका कारण यस विषयमा कार्यक्रम सञ्चालन गर्न सकिने विषयमा आफूले यसअघि अर्थ र शिक्षा मन्त्रालयको नेतृत्वसित कुराकानी गरेको उहाँले चर्चा गर्नुभयो ।
सरकारको मागअनुुसार विश्वविद्यालयले जनशक्ति उत्पादन गर्नुपर्ने चर्चा गर्दै उपकुलपति बाँस्कोटाले उच्च शिक्षाको नीतिगत विषयमा सरकार एकातिर र विश्वविद्यालय अर्कोतिर हुने अवस्थाको अब अन्त्य गरिने बताउनुभयो ।
८० वटासम्म आङ्गिक क्याम्पस
त्रिविका हाल ६१ वटा आङ्गिक क्याम्पस छन् । समयको आवश्यकताअनुसार बढीमा ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्नसक्ने अवस्थामा रहेको विश्वविद्यालयले जनाएको छ । आङ्गिक क्याम्पस हुन स्वतन्त्र रूपमा कृषि, वन र इन्जिनियरिङ विषयको मात्र पढाइ हुनुपर्ने र अन्य साधारण विषय जोडिन नहुने उहाँको भनाइ छ ।
विश्वविद्यालयले चिकित्साशास्त्र विषयको पठनपाठन विस्तार गर्ने कुरालाई भने कम प्राथमिकता दिने जनाएको छ । चिकित्साशास्त्रको शैक्षिक कार्यक्रम प्रदेश स्तरमा विस्तार गर्ने कुरा प्राथमिकतामा नराखिएको उपकुलपति डा. बाँस्कोटाले स्पष्ट पार्नुुभयो । विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा. शिवलाल भुसालले सरकारले सहयोग गरेको अवस्थामा विश्वविद्यालय आङ्गिक क्याम्पस थप गरी प्राविधिक शिक्षालाई विस्तार गर्न विश्वविद्यालय तयार रहेको बताउनुभयो ।  

No comments:

Post a Comment