निजी प्रकाशकले कक्षा १ को पुस्तक छपाइ गर्न अनुमति पाएनन् - शैक्षिक संसार

अपडेट


Tuesday, May 26, 2020

निजी प्रकाशकले कक्षा १ को पुस्तक छपाइ गर्न अनुमति पाएनन्

निजी प्रकाशकले कक्षा १ को पुस्तक छपाइ गर्न अनुमति पाएनन्

पाठ्यक्रम विकास केन्द्र महानिर्देशकविहीन

यसै शैक्षिक सत्रदेखि परिवर्तन भएको कक्षा १ को पाठ्यक्रमअनुसार पुस्तक छपाइ गर्न निजी प्रकाशन गृहले पाठ्यक्रम विकास केन्द्रबाट अनुमति पाएका छैनन् । सबै प्रक्रिया पूरा गरे पनि पुस्तक छपाइ गरी बजारमा लैजान नपाएको प्रकाशकहरूको गुनासो छ । शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक नियुक्त नगरेकैले निजी प्रकाशन गृहले स्वीकृति पाउन नसकेका हुन् ।
पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले केन्द्रको महानिर्देशकको अध्यक्षतामा बस्ने बैठकले निर्णय गरी स्वीकृति दिने व्यवस्था रहेको, तर अहिले महानिर्देशक नभएकाले केही ढिलाइ भएको बताए । प्रकाशन गृहले सबै प्रक्रिया पूरा गरेको र महानिर्देशक नियुक्त भएसँगै स्वीकृति पाउने उनको भनाइ छ । 
सरकारले छपाइ गरी नि:शुल्क वितरण गर्ने नेपाली माध्यमका पाठ्यपुस्तक छपाइ भने भइसकेका छन् । तर, अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीका लागि पुस्तक लेखन कार्य र प्रक्रिया सबै पूरा गरेका प्रकाशकले अहिलेसम्म अनुमति पाएका छैनन् । निजी प्रकाशकहरूले राजस्व तिरेर, पाठ्यक्रम विकास केन्द्रको मापदण्डअनुसार सुधार गरी चैतमै पुस्तक बुझाएका थिए ।
तर, तीन महिना भइसक्दा पनि अनुमति पाउन सकेका छैनन् । केन्द्रका अधिकारीका अनुसार कक्षा १ को पुस्तकका लागि ५० जति निजी प्रकाशन गृहले अनुमति मागेका छन् । केन्द्रले चैत मसान्तसम्म स्वीकृति दिने व्यवस्था थियो । जनक शिक्षा सामग्री केन्द्रले भने पुस्तक छपाइ गरी प्रदेशस्तरमा पठाएको छ । 
संगम पब्लिकेसनका प्रबन्ध निर्देशक सहदेवप्रसाद सापकोटाले राजस्व तिरेर सबै प्रक्रिया पूरा गरिसक्दा पनि स्वीकृतिमा ढिलाइ हुँदा बजारमा पुस्तक पु¥याउन नपाएको बताए । ‘बालबालिकाले पढ्न पाउँथे, अभिभावकलाई सहज हुन्थ्यो,’ उनले भने, ‘हामीले खर्च गरेर पनि बजारमा लान पाएनौँ ।’

https://nayapatrikadaily.com/news-details/44053/2020-05-26

No comments:

Post a Comment