कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने - शैक्षिक संसार

अपडेट


Tuesday, July 20, 2021

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने

 शैक्षिक संसार


राष्ट्रिय परीक्षा बोर्डले  कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदाै ९ गतेसम्म सञ्चालन गर्ने भएको छ । आज परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पाैडेलको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बोर्डको बैठकले कोभिड- १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा परीक्षा लिने निर्णय गरेको हो । परीक्षा  १०० प्रतिशत मै सञ्चालन हुने छ साथै परीक्षा गाईजात्रा र जनैपूर्णिमा बिदा बाहेक शनिबार पनि सञ्चालन गरिने भएको छ ।

 कक्षा १२ को परीक्षामा ३ लाख ८६ हजार परीक्षार्थीले  परीक्षा आवेदन फाराम भरेको पनि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment