कक्षा १२ को परीक्षा स्थगित, पुनः परीक्षाको समय तालिका १५ दिनअघि दिइने - शैक्षिक संसार

अपडेट


Saturday, August 7, 2021

कक्षा १२ को परीक्षा स्थगित, पुनः परीक्षाको समय तालिका १५ दिनअघि दिइने




कक्षा १२ को परीक्षा स्थगित, पुनः परीक्षाको समय तालिका १५ दिनअघि दिइने
 श्रावण २३, २०७८कान्तिपुर संवाददाता
 काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका एक सदस्यले बताए । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । यसअघि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो । गतवर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्नका लागि बोर्डलाई सिफारिस गरेको थियो । प्रकाशित : श्रावण २३, २०७८

No comments:

Post a Comment