शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनार्थ रिक्त दरबन्दी माग - शैक्षिक संसार

अपडेट


Sunday, August 8, 2021

शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनार्थ रिक्त दरबन्दी माग


शिक्षक सेवा आयोगको विज्ञापन प्रयोजनार्थ रिक्त दरबन्दी माग
 



















शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाई ७७ वटैलाई पत्र लेखि हालसम्म रिक्त रहेका र २०७८ चैत मसान्तसम्म रिक्त हुने प्रा वि,नि मा वि र मा वि तहका रिक्त दरबन्दी एकिन गरी २०७८ भाद्र १० गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउन समेत निर्देशन गरेको छ ।

शिक्षक सेवा आयोगमा पदाधिकारी सिफारिस हुँदा समेत पदाधिकारीको नियुक्ति नहुँदा खुल्ला,बढुवा र अध्यापन अनुमति पत्रको विज्ञापन अवरुद्ध हुन पुगेको थियो । देउवा सरकार गठन भए सँगै लोक सेवा आयोगका अध्यक्ष,त्रिविका उपकुलपति र शिक्षा सचिव सदस्य रहेको समितिले सिफारिस गरेको शिक्षक सेवा आयोगका पदाधिकारी अध्यक्ष मधुप्रसाद रेग्मी,सदस्य डिल्लीराम रिमाल र नन्द कुमारी महर्जनलाई नियुक्त गरेको थियो ।

विवरण माथीको ढाँचा अनुसार पठाउन समेत अनुरोध गरेको छ ।

शैक्षिक संसार





No comments:

Post a Comment