सामुदायिक विद्यालयहरुले प्रस्ताव सहितको फाइल पेश गर्ने सम्बन्धी सूचना - शैक्षिक संसार

अपडेट


Sunday, August 8, 2021

सामुदायिक विद्यालयहरुले प्रस्ताव सहितको फाइल पेश गर्ने सम्बन्धी सूचना

 सामुदायिक विद्यालयहरुले प्रस्ताव सहितको फाइल पेश

गर्ने सम्बन्धी सूचना


वि.सं. २०७८ सालमा परेको मनसुनी वर्षाका कारण सामुदायिक विद्यालयहरुको भवन एवम् कक्षाकोठामा पुगेको क्षतीलाई तत्काल संरक्षण र सुधार गर्न नसकेको खण्डमा थप क्षति हुन सक्ने एवम् पठनपाठन सञ्चालनमा बाधा पुगेको अवस्था रहेका विद्यालयहरुले क्षतिको न्यूनीकरण गरी पुनर्स्थापना, मर्मत सम्भार एवम् अस्थायी कक्षाकोठा निर्माण गरी पठनपाठन सुचारु गर्न तपसिलमा उल्लिखित कागजातहरु सहित यस मन्त्रालयमा फाइल पेश गर्नुहुन सम्बन्धित सामुदायिक विद्यालयहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

संलग्न गर्नुपर्ने कागजातहरु

१. विद्यालय व्यवस्थापन समितिको निर्णय प्रतिलिपी सहित विद्यालयको कार्यक्रम तथा बजेट माग

गरेको पत्र,

२. क्षतिको विवरण खुलेको प्रहरी मुचुल्का,

३. लागत अनुमान (प्राविधिकको इस्टिमेट),

४. जिल्ला वा स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट भएको निर्णयको प्रमाणित

प्रतिलिपी र स्थानीय तहको सिफारिस पत्र र

५. क्षतिको विवरण झल्कने फोटाहरु ।

नोट : तयार भएको सक्कल फाइल मन्त्रालयमा पेश गर्न असमर्थ भएमा उक्त कागजातहरुको विद्युतिय प्रमाणित प्रति [email protected] मा इमेल गर्न सकिनेछ ।



No comments:

Post a Comment