अलपत्र परेका विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन जाने व्यवस्था गर्न सरकारलाई निर्देशन - शैक्षिक संसार

अपडेट


Sunday, September 26, 2021

अलपत्र परेका विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन जाने व्यवस्था गर्न सरकारलाई निर्देशन

 

अलपत्र परेका विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन जाने व्यवस्था गर्न सरकारलाई निर्देशन

संसदीय समितिले अलपत्र परेर बसेका विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कोरोना महामारीका कारण चीनबाट फर्किएर अलपत्र परेका विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।

परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौँ विद्यार्थीलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले जानकारी दिइन्।

‘अहिले चाइनामा गएको जुन पढी राखेका विद्यार्थीहरू नेपालमा छन्, इन्जिनियरिङ सेक्टरका, मेडिकल सेक्टरका र अन्य सेक्टरका । तीनै सेक्टरका विद्यार्थी छन् । उनीहरू दुई वर्ष भयो नेपालमा बसेको। उनीहरूको कुरा त के छ भने हामीलाई कूटनीतिक पहल गरेर पढन पठाइदिनुपर्‍याे भनेर एक नम्बर माग छ । मलाई लाग्छ, परराष्ट्र मन्त्रालयमा अहिले हामीले तत्काल बस्नेभन्दा पनि मन्त्रालयले एकपटक छलफल गरोस् र कूटनीतिक पहल गरेर विद्यार्थीलाई पढ्न पठाउने व्यवस्थाचाहिँ शिक्षा मन्त्रालयले गरोस् । परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेसन गरेर त्यो अगाडि बढाओस्। हजारौँ विद्यार्थी अलपत्र परेका छन । उनीहरूको भविष्य डामाडोल भएको छ,’ उनले भनिन्।

बैठकमा समितिका सदस्यहरूले चीनमा अध्ययनका लागि पुनः जान नपाएका विद्यार्थीको समस्या तत्काल समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सचेत गराएका थिए।

नयाँ पत्रिकामा प्रकाशित

No comments:

Post a Comment