शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आ.व. २०७८/०७९ को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने - शैक्षिक संसार

अपडेट


Sunday, October 31, 2021

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आ.व. २०७८/०७९ को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने

 




काठमाणडाै- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आ.व. २०७८/०७९ को वार्षिक कार्यक्रम अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रको चालु आ.व. २०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गत आ.व. २०७७/०७८ को प्रगति समीक्षा र चालु आ.व. २०७८/०७९ मा प्रदेश तह, स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाई मार्फत सञ्चालन हुने कार्यक्रम कार्यान्वयन सम्बन्धमा २०७८।०७।२६ र २७ गते विहान ठीक ०८:०० बजेदेखि आदर्श मा.वि. को सभा हल, मध्यपुरठिमी न.पा. सानोठिमी, भक्तपुरमा अभिमुखीकरण कार्यक्रममा सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रममा इकाई प्रमुख स्वयं उपस्थित हुन समेत निर्देशन गरेको छ ।

अभिमुखीकरण कार्यक्रममा सहभागि हुन आउँदा अनिवार्य रुपमा गत आ.व. २०७७/०७८ मा कार्यसम्पादन अनुदान, ससर्त अनुदान र शिक्षकको समयावधि (Teacher Time on Task- TST) प्राप्त गर्ने विद्यालयहरुको नाम नामेसी र प्राप्त गरेको अनुदान रकम खुलेको छुट्टाछुट्टै विवरण ,. गत आ.व. २०७७/०७८ को भौतिक तथा वित्तीय प्रगति विवरण ,. आ.व. २०७७/०७८ को वार्षिक स्थीति प्रतिवेदन ,. गत आ.व. २०७७/०७८ को प्रमाणित आर्थिक विवरण आ.व. २०७७/०७८ को आ.ले.प. प्रतिवेदन तथा जिल्लाको वेरुजुको पछिल्लो अवस्था, चालु आ.व. २०७८/०७९ का लागि वेरुजु फछ्यौटको ठोश कार्ययोजना र सम्परीक्षण तथा फछ्यौटका लागि तयार भएको वेरुजु विवरण ,. दरवन्दी मिलानको पछिल्लो अवस्था र चालु आ.व. २०७८०७९ मा दरवन्दी मिलान कार्य सम्पन्न गर्ने ठोश कार्ययोजना , गत आ.व. २०७७/०७८ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनको प्रगति विवरण , वाढि, पहिरो, डुवान र अन्य प्राकृतिक कारणबाट विद्यालयमा भएको क्षतिको विस्तृत विवरण , गत शैक्षिक सत्र २०७७ मा विद्यालय शिक्षामा परेको कोभिड १९ को प्रभाव र चालु शैक्षिक सत्रको अवस्था , शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ४५ मिति २०७८/०७/०७ गतेको पत्र अनुसार एकिन भएको स्थानीय तहगत विद्यालय तथा बालबिकास केन्द्रहरुको विवरण , जिल्ला भित्रका सबै स्थानीय तहको शिक्षा शाखामा काम गर्ने कर्मचारीहरुको सम्पर्क नम्बर र इमेल ठेगाना , जिल्लाका असल अभ्यास र संभावना , मुख्य मुख्य समस्या र चुनौतिहरु , केन्द्रका लागि केही सुझाव भए सो समेत लिई आउनु होला भनि केन्द्रका शाखा अधिकृत रामप्रसाद शर्माद्वारा हस्ताक्षर भएको पत्रमा जनाईएको छ ।

No comments:

Post a Comment