एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको जिल्ला तथा पोखरा महानगर परिषद सम्पन्न - शैक्षिक संसार

अपडेट


Wednesday, November 10, 2021

एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीको जिल्ला तथा पोखरा महानगर परिषद सम्पन्न

 



पोखरा, एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो महानगर तथा चौथो जिल्ला परिषद आज पोखरा बगर स्थित राष्ट्रिय मा. वि. को सभा कक्षमा सम्पन्न भयो ।

संगठनका जिल्ला अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख आकर्षक एवं प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल 'जीवन' हुनुहुन्थ्यो भने अन्य विशिष्ट अतिथिमा सांसद एवं ए माओबादी महानगर अध्यक्ष दीपक कोइराला रुपक, पार्टी अध्यक्ष बखान तमु, संगठनका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गोपालमणि लामिछाने, केन्द्रीय सदस्य शोभा तमु हुनुहुन्थ्यो ।
जिल्लाका पांचै पालिकाका सांगठनिक प्रतिबेदन प्रस्तुतिकरणबाट सुरु भएको कार्यक्रममा नेपाल शिक्षक महासङ्घ, कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेल, सङ्गठनका गण्डकी प्रदेश उपाध्यक्ष शोभा गुरुङ, गोपालमणि लामिछानेलगायतले शुभकामना दिएका थिए । कास्की जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष श्रीधर गिरीले स्वागत गरेका कार्यक्रमको सञ्चालन पोखरा महानगरपालिका समितिका वरिष्ठ उपाध्यक्ष यादवप्रसाद भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा अतिथि एवं प्रमुख अतिथिहरुले UANTO को महानगर र कास्की जिल्ला परिषदको सफ़लताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

No comments:

Post a Comment